काठमाडौँ । राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकायाले उद्योगी/व्यवसायी पक्राउ परेका कारण सेयर बजार घटेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै रोकायाले यस्तो बताएका हुन् ।
उनले सेयर बजारमा देखिएको भारी गिरावटका कारण सेयर लगानीकर्ताले करिब ३ खर्ब रुपैयाँ गुमाएको उल्लेख गरेका छन् ।
नयाँ र बलियो सरकार आउँदा सबै उत्साहित भएका बेला सरकारले उद्योगी/व्यवसायीविरुद्ध लिएको ‘एक्सन’का कारण सेयर बजारमा भारी गिरावट आएको रोकायाले बताएका छन् ।
‘नयाँ र बलियो सरकार आएपछि उद्योगी व्यवसायी उत्साहित थिए ।’, उनले भने, ‘तर सरकारले उद्योगी व्यवसायीप्रति गरेको एक्सनले पूँजी बजार अब बढ्दैन भन्ने नकारात्मक भाष्य सृजना भएकोले नेप्सेमा उच्च अंकको गिरावट देखिएको स्टक ब्रोकर एशोसिएसनले जनाएको छ ।’
त्यस्तै, उनले उद्योगीहरुमाथि सरकारले लिएको ‘एक्सन’का उद्योग क्षेत्रमा त्रास सृजना भएको र सोही त्रासका कारण अहिले ठूला व्यवसायी बजारबाट बाहिरिने खतरा बढेको पनि बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्