काठमाडौँ । सेयर लगानीकर्ता तिलक कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा धर्ना बस्ने बताएका छन् । सामाजिक सञ्जाल (फेसबुक) मा लेख्दै लगानीकर्ता कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालयमा धर्ना दिने बताएका हुन् ।
‘अब हामी सिंहदरबारबाट रास्वपा पार्टी कार्यालयमा धर्ना बस्न जाँदैछौँ ।’, लगानीकर्ता कोइरालाले लेखेका छन्, ‘सबै आउनुहोला ।’
आइतबार सेयर बजार १०५ अंकले घटेपछि सेयर लगानीकर्ता सरकारसँग वार्ता गर्ने भन्दै सिंहदरबार पुगेका थिए । तर, प्रहरीले सिंहदरबार छिर्न नदिएपछि लगानीकर्ता रास्वपाको केन्द्रीय कार्यालय जान लागेका हुन् ।
त्यहाँ आफूहरुले धर्ना दिने र सरकारलाई सेयर बजार सुधार्न तत्काल केही निर्णय गर्न बाध्य पार्ने लगानीकर्ताहरुले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्