काठमाडौँ । धितोपत्र व्यवसायीहरुले ‘मार्जिन ट्रेडिङ कार्यविधि, २०८२’ कार्यान्वयनमा नीतिगत सहजीकरण गर्न आग्रह गरेका छन् । नेपाल राष्ट्र बैंकका पदाधिकारीसँग छलफल गर्दै धितोपत्र व्यवसायीहरुले ‘मार्जिन ट्रेडिङ कार्यविधि, २०८२’ कार्यान्वयनका लागि नीतिगत सहजीकरण गर्न आग्रह गरेका हुन् ।
शुक्रबार भएको छलफलमा सिटिजन्स सेक्युरिटिज लिमिटेडका सिइओ मनिष अर्याल, एनआईएमबी स्टक मार्केट लिमिटेडका सिइओ सन्दीप दाहाल, प्रभु स्टक मार्केट लिमिटेडका सिइओ नवीन विष्ट र नबिल स्टक डिलरका मदन तिमिल्सिना लगायत सहभागी भएका थिए ।
छलफलमा राष्ट्र बैंकको बैंकिङ नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेल तथा अन्य वरिष्ठ पदाधिकारीहरुसँग मार्जिन ट्रेडिङ सेवालाई प्रभावकारी कार्यान्वयन गर्न, नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा आवश्यक संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ ।
त्यस्तै, ‘मार्जिन ट्रेडिङ कार्यविधि, २०८२’ कार्यान्वयनका लागि आवश्यक स्पष्ट ‘मोडालिटी’ समेत विस्तृत रुपमा पेश गरिएको छ । उक्त प्रस्तावप्रति राष्ट्र बैंक सकारात्मक देखिएको छलफलमा सहभागी सिटिजन्स सेक्युरिटिज लिमिटेडका सिइओ मनिष अर्यालले बताएका छन् ।
उक्त छलफलबाट पूँजी बजारमा थप पूँजी परिचालन हुने, लगानीकर्तालाई थप तरलता उपलब्ध हुने तथा समग्र सेयर बजारको दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै मार्जिन ट्रेडिङ कारोबारको प्रभावकारी कार्यान्वयनले बजारमा नयाँ उर्जा थप्ने, लगानीकर्ताको पहूँच विस्तार गर्ने र कारोबारको गहिराई बढाउने विश्वास गरिएको छ ।
उक्त व्यवस्थाबाट बैंकका सहायक संस्थाको रुपमा सञ्चालन भएका धितोपत्र व्यवसायमार्फत ग्राहकहरुले मार्जिन ट्रेडिङ सुविधा सहज, सुरक्षित र व्यवस्थित रुपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ । यसले डिजिटल तथा आधुनिक वित्तीय सेवातर्फको रुपान्तरणलाई समेत तव्रिता दिने विश्वास गरिएको छ ।
त्यस्तै, सम्बन्धित निकायहरुबीचको समन्वय र सकारात्मक सहकार्यले निकट भविष्यमा मार्जिन ट्रेडिङ सेवा पूर्ण रुपमा कार्यान्वयनमा आउने र नेपालको पूँजी बजारलाई थप सुदृढ, प्रतिस्पर्धी र लगानीमैत्रै बनाउने विश्वास गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्