काठमाडौँ । साताको कारोबारको दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८.७० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३५१ कम्पनीको १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ५ अर्ब २७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिडी पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २७ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा पाल्पा सिमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, १०% प्राइम डेबेञ्चरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्