Skip to content
LAXMI SUNRISE BANK

त्रिविमा विद्यार्थीको मार्चपास, विद्यार्थी संगठन खारेज गर्ने तयारीविरुद्ध नाराबाजी (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । संयुक्त विद्यार्थी आन्दोलनले विभिन्न राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीको विरोधमा त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ ।

त्रिभुवन विश्वविद्यालय घण्टाघरदेखि टियु गेटसम्म मार्चपास गर्दै विद्यार्थीहरूले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरूको भनाइमा विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय संविधान र लोकतान्त्रिक मूल्य-मान्यताविपरीत हुनुका साथै नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप हो। त्यसैले उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग गरिएको छ ।

यसैबीच आन्दोलनरत विद्यार्थीहरूले अन्य मागहरू पनि अघि सारेका छन्। उनीहरूले बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थाहरूलाई ब्यारेकीकरण गर्ने अभ्यास बन्द गर्न तथा मेरिटोक्रेसी (योग्यता प्रणाली) लागू गर्न आग्रह गरेका छन् ।

साथै, विद्यार्थीलाई यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुटलाई यथावत् कायम गर्न र विद्यार्थी संगठनमाथि लगाउन खोजिएको प्रतिबन्धसँगै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने निर्णय फिर्ता लिन पनि माग गरेका छन् । उक्त मागसहित विद्यार्थीहरूले मार्चपासमार्फत सरकारको निर्णयप्रति आफ्नो असहमति प्रकट गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK