काठमाडौँ । हिन्दु धर्मावलम्वीहरुका लागि निकै प्रसिद्ध र पवित्र मानिने भारतको केदार धाममा सयौँ नेपाली रोजगारीका लागि पुग्ने गरेका छन् । रोजगारीका लागि केदार धाम पुग्ने अधिकांश नेपालीहरु भरियाको काम गर्छन् ।
केदार धाम जान लामो बाटो हिँड्नुपर्ने भएकाले हिँड्न नसक्ने, अशक्त तथा वृद्धवृद्धालाई पिठ्युँमा बोकेर केदारनाथसम्म पुर्याउनु नै उनीहरुको काम हो ।
यसरी लामो बाटो मान्छे र सामान बोकेबापत उनीहरुले राम्रै पारिश्रमिक पनि लिन्छन् । तर, त्यसरी केदार धाममा भरियाको काम गर्नु आफूहरुको बाध्यता भएको केदार धाममा भरियाको काम गर्ने दैलेखका सविन बस्नेतले बताएका छन् ।
स्वदेशमा रोजगारी पाए स्वदेशमै काम गर्ने इच्छा व्यक्त गर्दै सविनले अझै पनि रोजगारी पाए स्वदेश फर्किने बताएका छन् । ‘यसरी यहाँ भरियाको काम गर्नु रहर होइन, बाध्यता हो ।’, उनले भने, ‘रोजगारी पाए आफ्नै देश फर्कन्छौँ ।’
केदार धामसँगै यमुनोत्तरी तथा गंगोत्तरीमा भरियाको काम गर्ने अधिकांश नेपाली नै छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्