काठमाडौँ । सरकारले नेपालमै मल कारखाना खोल्ने प्रतिबद्धता व्यक्त गरेको छ । ६ राजनीतिक दलको घोषणापत्रमा आधारित रहेर सार्वजनिक गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’मा सरकारले यस्तो प्रतिबद्धता गरेको हो ।
हरेक वर्ष कृषकले भोग्दै आएको मल अभावको समस्या समाधान गर्न सरकारले निजी क्षेत्रसँगको सहकार्यमा नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता गरेको छ ।
प्रतिबद्धतामा सरकारले कृषि उद्यम तथा उद्योगलाई विशेष प्राथमिकता दिई कर छुट, भन्सार सहुलियत तथा लगानी प्रोत्साहन उपाय अवलम्बन गर्ने उल्लेख गरेको छ ।
त्यस्तै, कृषिलाई प्राथमिकता दिँदै किसानलाई क्रेडिट कार्ड, बीमा र सहुलियत ऋण उपलब्ध गराउने पनि घोषणा गरेको छ । अर्कोतर्फ सरकारले योगदानमा आधारित किसान पेन्सनका साथै किसान परिचयपत्रका आधारमा वास्तविक किसानलाई मात्र अनुदान ऋण, सेवा सुविधा र सामाजिक सुरक्षा उपलब्ध गराउनेसमेत प्रतिबद्धता गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्