Skip to content
LAXMI SUNRISE BANK

दुई दिन बिदामा घुम्नेहरु बढे, शनिबार भन्दा सडकमा आइतबार धेरै भीड ! (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । इन्धन खपत कम गराउने उद्देश्यले सरकारले गत सातादेखि शनिबारसँगै आइतबार पनि सरकारी कार्यालय र विद्यालयमा बिदा दिएको छ । तर बिदाको दिनमा समेत काठमाडौंका मुख्य चोकहरूमा सवारीसाधनको चाप पूर्ण रूपमा घटेको देखिँदैन ।

कलंकी, चाबहिल, नयाँ बानेश्वर, माइतीघर, गौशाला र जडिबुटी जस्ता प्रमुख चोकहरूमा बिहानको ९ बजे देखि ११ बजेसम्म आइतबार पनि उल्लेख्य सवारी चाप देखिएको छ । केही स्थानमा त शनिबारभन्दा आइतबार अलि बढी नै भीडभाड देखिएको छ । सरकारी बिदा भए पनि धेरैजसो निजी कम्पनीहरूले भने सधैंको नियमित समयमै कार्यालय सञ्चालन गरिरहेका छन् ।

समग्र रूपमा हेर्दा सवारीसाधनको संख्या पहिलेको तुलनामा घट्दो क्रममा रहेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार हाल सडकमा करिब ५० प्रतिशतसम्म सवारीसाधन घटेका छन् । ‘शनिबारभन्दा आइतबार अलि बढी चाप देखिन्छ, तर पहिलेको जस्तो अवस्था छैन,’ उनले बताए ।

मुख्य चोकहरूमा देखिएको जाम भने सवारी व्यवस्थापन तथा आवतजावत मिलाउने क्रममा भएको जनाइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK