काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामापछि नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले दरखास्त आह्वान गरेको हो ।
बोर्डको अध्यक्ष बन्न इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख २१ गतेभित्र आवेदन दिन सक्नेछन् ।
आवेदन अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा बुझाउनुपर्ने बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले जनाएको छ ।
समितिका अनुसार आवेदन दिने व्यक्तिले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ भने धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनेपर्नेछ ।
आवेदन दिँदा व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र पेशागत अनुभव पुस्ट्याई गर्ने प्रमाणित कागजात समावेश गर्नुपर्नेछ । त्यस्तै, आवेदन दिने व्यक्ति भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागू औषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्ने पनि सिफारिस समितिले जनाएको छ ।
त्यस्तै, कालोसूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको ३ वर्ष पूरा नभएको, विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको, सार्वजनिक निकायको कुनै ठेक्का सम्झौता गरी काम गरिरहेको र मानसिक सन्तुलन ठिक नभएको व्यक्ति अध्यक्षका लागि अयोग्य ठहर हुने पनि समितिले जनाएको छ । यस्तो छ समितिले सार्वजनिक गरेको दरखास्त आह्वानसम्बन्धी सूचनाः
Sebon Chairman
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्