काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाको नाम ‘सर्टलिस्ट’ भएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्य नेतृत्वको सिफारिस समितिले बोर्डको अध्यक्षमा ४ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो ।
समितिले डा. नवराज अधिकारी, बोर्डकै कार्यकारी निर्देशक विनयदेव आचार्य, मुकुन्द कुमार क्षत्री र डा. गोपालप्रसाद भट्टको नाम ‘सर्टलिस्ट’ गरेको हो ।
अधिकारी बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् । उनले एक महिना अघि मात्र अवकाश पाएका थिए । त्यस्तै, सर्टलिस्टमा परेका आचार्य बोर्डका कार्यकारी निर्देशक हुन् भने क्षेत्री र भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।
‘सर्टलिस्ट’मा परेका चार जनालाई अर्थ मन्त्रालयले जेठ ८ गते अन्तर्वार्ताका लागि बोलाएको छ । अन्तर्वार्ता अर्थ मन्त्रालयमा हुनेछ ।
बोर्डका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको थियो । बोर्ड अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका थिए । तीमध्ये ४ जनाको नाम ‘सर्टलिस्ट’ गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्