Skip to content
LAXMI SUNRISE BANK

सेयर बजार सुधारका लागि धितोपत्र बोर्डलाई ७ बुँदे सुझाव

अर्थ सरोकार

काठमाडौँ । नेपाल पूँजी बजार लगानीकर्ता संघले नेपाल धितोपत्र बोर्डलाई ७ बुँदे नीतिगत सुझाव बुझाएको छ । संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि उक्त सुझाव बुझाएको हो । 

संघले बोर्डमा बुझाएको सुझावमा पूँजीगत लाभकरलाई अन्तिम कर घोषणा गर्न माग गरिएको छ । यसले सेयर लगानीकर्ताको आत्मविश्वास बढाउने र कर प्रशासनलाई समेत सरल बनाउने संघको भनाई छ । 

उक्त सुझावमा गैर आवासीय नेपालीका लागि सहज प्रवेशको व्यवस्था गर्न, कम्पनीहरुलाई आफ्नै सेयर खरिद गर्न पाउने व्यवस्था मिलाउन तथा सेयर बजारलाई ‘सेकेन्डरी ट्रेडिङ प्लेटफर्म’ मा मात्र सीमित नराखी जलविद्युत र निर्यातमुखी उद्योगहरुलाई पूँजी बजारमार्फत पूँजी संकलन गर्न कर सहुलियत र सूचीकरणमा प्रोत्साहन गर्न माग गरिएको छ । 

त्यस्तै, संस्थागत र विदेशी लगानी विस्तार, लघुवित्त क्षेत्रका बन्देहरुको पुनरावलोकन तथा नीतिगत स्थायित्वको विषय पनि संघले बुझाएको सुझावमा उल्लेख गरिएको छ ।

उक्त सुझाव संघले बोर्डका कार्यवाहक अध्यक्षलाई बुझाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK