काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना सिइओ ज्योति प्रकाश पाण्डेले बैंक नछाडेको र उनी अफिसकै काममा सक्रिय भएको भन्दै झुटो विज्ञप्ति जारी गरेकै भोलिपल्ट सीआईबीले पाण्डेलाई मोबाइल ‘अफ’ गरेर भाग्दै गर्दा पक्राउ गरेको छ । सीआईबीले विज्ञप्ति नै जारी गरेर पाण्डे मोबाइल अफ गरेर भाग्दै गर्दा पक्राउ परेको पुष्टि गरेको हो।
सीआईबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘निजले प्रयोग गर्ने मोबाइल फोन स्विच अफ गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीको सहयोगमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका वडा नं ६ बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट सवारी चेकजाँचको क्रममा मिति २०८३/१/२९ गते राति अन्दाजी २०ः०० बजेको समयमा पक्राउ गरी अनुसन्धान भइरहेको’
पाण्डेमाथि राज्यको सम्पत्ति अनधिकृत रुपमा बेचेको आरोप लागेको छ । यस प्रकरणमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्