काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफूले स्मार्ट टेलिकममा घोटाला गरेको प्रमाणित भए राजनीतिक जीवनबाटै सन्यास लिने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
पूर्वसञ्चारमन्त्री समेत रहेका खरेलले उक्त प्रकरणमा आफूलाई जोडेर सार्वजनिक भएका समाचारप्रति आपत्ति जनाएका छन् ।
‘म चुनौति दिन चाहन्छु, स्मार्ट टेलिकम प्रकरणमा मैले घोटाला त परै जाओस् मिटिङ मात्रै गरिएको रहेछ भने पनि मेरो सम्पूर्ण राजनीतिक जीवनबाट सधैँका लागि बिदा लिन तयार हुन्छु ।’, खरेलले भने ।
त्यस्तै, पूर्वसञ्चारमन्त्री खरेलले स्मार्ट टेलिकम घोटाला प्रकरणमा आफूलाई जोडेर प्रतिष्ठामा आँच पुर्याउने गलत मनसायका साथ प्रकाशन गरिएको पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्