Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ३९.४४ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३८ कम्पनीको एक करोड ६ लाख ७८ हजार ५५० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ६६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा धौलागिरी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, फर्स्ट माइक्रो फाइनान्स लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १२ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK