Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ६.५१ अंकले घट्यो नेप्से परिसूचक, बजार २७२४.३९ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ६.५१ अंकले घटेर २७२४.३९ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सिटि होटल लिमिटेडको भएको छ । यस कम्पनीको २३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, सिटि होटल लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK