Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ६.९४ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७१८.१६ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६.९४ अंकले बढेर २७१८.१६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३३४ कम्पनीको ६६ लाख ८४ हजार ७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. २ अर्ब ९३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १२ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK