Skip to content
LAXMI SUNRISE BANK

बुधबार ३०.०८ अंकले बढ्यो नेप्से परिसूचक, बजार २७५४.४८ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ३०.०८ अंकले बढेर २७५४.४८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १८ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर १३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK