Skip to content
LAXMI SUNRISE BANK

बिहीबार १२.३६ अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४८ कम्पनीको ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ८९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा बुङ्गल हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK