Skip to content
LAXMI SUNRISE BANK

असार महिनाको आर्थिक राशीफल ! सेयर बजारमा कुन दिन लगानी गर्ने ? कुन दिन नगर्ने ? (भिडियोसहित)

मंजिला पाण्डे

मेष राशि

मेष राशि भएका ९० प्रतिशत व्यक्तिहरूका लागि असार महिना समग्रमा राम्रो देखिन्छ भने १० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १ , २ , ८ , २८ , २९ र ३० गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार र शुक्रबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ।

यो महिनामा सेयर बजारमा बुधबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि असार १७ र २४ गते अति अशुभ भएकाले विशेष ध्यान दिनु पर्ने देखिन्छ। यो महिनामा मेष राशि हुनेहरूलाई सेतो र रातो रंग शुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। मेष राशीलाई यो महिनामा १, ६ र ८ अंक शुभ देखिन्छ भने ४ , ५ र ७  अंक अशुभ देखिएको छ।

वृष राशि

वृष राशि भएका ८० प्रतिशत व्यक्तिहरूका लागि असार महिना समग्रमा राम्रो देखिन्छ भने २०  प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ४ , १२ , २० र २७ गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने शुक्रबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ।

यो महिनामा सेयर बजारमा सोमबार लगानी गर्दा विचार पुराउनु पर्ने देखिन्छ । यो राशि हुनेहरूका लागि असार ७ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा वृष राशि हुनेहरूलाई सेतो रंग शुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। यो महिनामा ४ , ६  र ७  अंक शुभ देखिन्छ भने १ , ३ र ५ अंक अशुभ देखिएको छ।

मिथुन राशि

मिथुन राशि भएका ८५ प्रतिशत व्यक्तिहरूका लागि असार महिना समग्रमा राम्रो देखिन्छ भने १५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने २ , ४ , ५ , १६ , २३ , ३० र ३२ गते गर्नुहोला, राम्रो हुने देखिन्छ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बिहीबार र शुक्रबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ।

सोमबार भने सेयर बजार, व्यापार तथा नयाँ क्षेत्रमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि असार २० र २७  गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।  यो महिनामा मिथुन राशि हुनेहरूलाई पहेलों र सेतो रंग सुभ देखिन्छ भने कालो रंग अशुभ देखिन्छ। यो महिनामा ५ , ६ र ९ अंक शुभ देखिन्छ भने १ , ७ र ८ अंक अशुभ देखिएको छ।

कर्कट राशि

कर्कट राशि भएका ८० प्रतिशत व्यक्तिहरूका लागि असार महिना समग्रमा राम्रो देखिन्छ भने २० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ५ , ८ , ९ , १५ , १६ , १९ र २६ गतेसम्म  गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आइतबार र मंगलबार गर्नुहोला, नाफा कमाउने योग देखिएको छ।

यो महिनामा सेयर बजारमा बुधबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि असार ३ , १० र २४ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ।  यो महिनामा कर्कट राशि हुनेहरूलाई सेतो  रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ। यो महिनामा २ , ३ र ६ अंक शुभ देखिन्छ भने १ , ४ र ५ अंक अशुभ देखिएको छ।

सिंह राशि

सिंह राशि भएका ८० प्रतिशत व्यक्तिहरूका लागि असार महिना समग्रमा राम्रो देखिन्छ भने २० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ । यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १ , ७ , ८ , १२ , १९ , २१ , २२ र २८  गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आइतबार, सोमबार र शुक्रबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ।

यो महिनामा मंगलबार भने सेयर बजार र कुनै पनि व्यवसायमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि असार १३ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा सिंह राशि हुनेहरूलाई रातो र सेतो रंग सुभ देखिन्छ भने निलो रंग अशुभ देखिन्छ। यो महिनामा १ , २ , ६  अंक शुभ देखिन्छ भने ५, ७ र ९ अंक अशुभ देखिएको छ।

कन्या राशि

कन्या राशि भएका ९५ प्रतिशत व्यक्तिहरूका लागि असार महिना समग्रमा राम्रो देखिन्छ भने ५ प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १ , ४ र ६ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आइतबार, बुधबार र शुक्रबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ।

यो महिनामा शनिबार भने कुनै पनि व्यवसायमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि असार ६ र २७ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा कन्या राशि हुनेहरूलाई हरियो र रातो   रंग सुभ देखिन्छ भने कालो रंग अशुभ देखिन्छ। यो महिनामा १ , ४ ६ अंक शुभ देखिन्छ भने २ , ७ र ९ अंक अशुभ देखिएको छ।

तुला राशि

तुला राशि भएका ७० प्रतिशत व्यक्तिहरूका लागि असार महिना समग्रमा राम्रो देखिन्छ भने ३० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ५ , १२ , १३ र २६ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने अध्यन गरेर शुक्रबार लगानी गर्नुहोला ।

यो महिनामा बुधबार भने सेयर बजारमा लगानी गर्दा विचार पुराउनु होला, घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि असार २८ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा तुला  राशि हुनेहरूलाई सेतो र कालो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। यो महिनामा ६ , ७ र ९ अंक शुभ देखिन्छ भने १ , ३ र ५ अंक अशुभ देखिएको छ।

वृश्चिक राशि

वृश्चिक राशि भएका ७५ प्रतिशत व्यक्तिहरूका लागि असार महिना राम्रो देखिन्छ भने २५  प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ६ , १३ , १८ , २५ र २७ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने बिहीबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ।

यो महिनामा सेयर बजारमा मंगलबार भने लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि असार २ र ३०  गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा वृश्चिक राशि हुनेहरूलाई पहेंलो र निलो  रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ।  यो महिनामा २ , ५ र ७ अंक शुभ देखिन्छ भने १ , ८ र ९ अंक अशुभ देखिएको छ।

धनु राशि

धनु राशि भएका ७० प्रतिशत व्यक्तिहरूका लागि असार महिना राम्रो देखिन्छ भने ३० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १ , २ , ८ , ९ , १५ , १६ , २२ , २९ र ३० गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार र मंगलबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ।

यो महिनामा बिहीबार भने कुनै पनि क्षेत्रमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि असार ४ र ३२ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा धनु राशि हुनेहरूलाई सेतो र रातो रंग सुभ देखिन्छ भने पहेंलो रंग अशुभ देखिन्छ।  यो महिनामा २ , ३ र ८ अंक शुभ देखिन्छ भने ५, ७ र ९ अंक अशुभ देखिएको छ।

मकर राशि

मकर राशि भएका ७५  प्रतिशत व्यक्तिहरूका लागि असार महिना राम्रो देखिन्छ भने २५  प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ४ , ११ , २८ , २० र २१ गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने विचार पुर्याएर र अध्यन गरेर मात्र गर्नुहोला ।

मंगलबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि असार ९ र १६  गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा मकर राशि हुनेहरूलाई कालो र निलो रंग सुभ देखिन्छ भने रातो रंग अशुभ देखिन्छ। यो महिनामा १ , ५  र ७  अंक शुभ देखिन्छ भने ३ , ४  र ६  अंक अशुभ देखिएको छ।

कुम्भ राशि

कुम्भ राशि भएका ६० प्रतिशत व्यक्तिहरूका लागि असार महिना समग्रमा राम्रो देखिन्छ भने ४० प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने ३ , १० , १५ , २२, २४ र ३० गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने सोमबार र मंगलबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ।

यो महिनामा बुधबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ। यो राशि हुनेहरूका लागि असार १० र १२ गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा कुम्भ राशि हुनेहरूलाई सेतो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ।  यो महिनामा २ , ३  र ५ अंक शुभ देखिन्छ भने १ , ४ र ६ अंक अशुभ देखिएको छ।

मीन राशि

मीन राशि भएका ८५ प्रतिशत व्यक्तिहरूका लागि असार महिना राम्रो देखिन्छ भने १५  प्रतिशत व्यक्तिहरूलाई नराम्रो देखिन्छ। यो महिनामा कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने १ , ८ , १५ , १६, २३ र २५ गते गर्न सक्नुहुनेछ। सेयर बजारमा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने आइतबार र मंगलबार गर्नुहोला नाफा कमाउने योग देखिएको छ।

यो महिनामा बुधबार भने सेयर बजारमा लगानी नगर्नुहोला घाटा व्यहोर्नुपर्ने देखिन्छ।  यो राशि हुनेहरूका लागि असार १३  र २०  गते अति अशुभ भएकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ। यो महिनामा मीन राशि हुनेहरूलाई रातो रंग सुभ देखिन्छ भने हरियो रंग अशुभ देखिन्छ।  यो महिनामा २ , ६ र ८ अंक शुभ देखिन्छ भने ५ , ७ र ९ अंक अशुभ देखिएको छ। भिडियोसहित:

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK