काठमाडौँ । बार्षिक प्रतिवेदन प्रस्तुतीकरण राम्रो बनाउने नाममा कृषि बिकास बैंकसँग पैसा लिएर, अवार्ड दिलाईदिने मौखिक सहमति गरेको, र सोहि अनुसार कृषि बिकास बैंकलाई ५ लाख रुपैयाँको बिल काटेर आइक्यानको बिपीए अवार्ड दिलाएको केसमा छानविन नै नसकी आइक्यानले पुन: कृषि बिकास बैंकलाई नै सो अवार्ड दिएको छ । आइक्यानका पार्सदसमेत रहेका अमन उप्रेतीले वित्तीय विवरणको राम्रो प्रस्तुतीकरण गर्ने नाममा पैसा लिएर अवार्ड दिलाएको केसमा छानविन नै नसकी, पुन अर्को शीर्षकमा सोहि काम गरेका अमन उप्रेतीलाई नै स्टेजमा राखेर आइक्यानले कृषि बिकास बैंकलाई पब्लिक बैंक अन्तर्गतको अवार्ड दिएको हो ।
३ सरकारी बैंकमध्ये कृषि बिकास बैंकमात्र सो अवार्डमा सहभागी भएको थियो । सो बैंकलाई अवार्ड दिलाउनेगरी वित्तीय प्रतिवेदन प्रस्तुतीकरण गर्ने नाममा यसपाली पनि अमन उप्रेतीले बैंकलाई बिल काटेका थिए । उप्रेतीकै डिजाइनमा बैंकलाई बाचा गरेअनुरुप नै बैंकले अवार्ड पाएपछि आइक्यानको अवार्ड दोश्रो पटक विवादमा तानिएको हो ।
अमन उप्रेतीले कृषि बिकास बैंकसँग वित्तीय प्रतिवेदन बनाउने नाममा बिजनेश लिएर भुक्तानी लिएको पुष्टी गरेका छन् । यद्यपी बैंकलाई अवार्ड दिलाउने काममा आफ्नो भूमिका नरहेको दाबी उनको छ ।

अघिल्लो बर्ष पनि अवार्ड दिलाउन ‘स्वार्थको द्वन्द हुनेगरी’ अमन उप्रेतीले बैंकसँग बीत्तीय प्रतिवेदन प्रस्तुतीकरणका नाममा पैसा लिएको र सो काम गलत भएकोले उप्रेतीलाई कारवाहीको माग गर्दै उप्रेती विरुद्ध आइक्यानमा उजुरी परेको छ । तर उजुरीलाई प्रक्रियामा लैजानुको साटो उनै उप्रेतीलाई स्टेजमा राखेर अवार्ड दिलाइएको छ ।
छानविनमै क्रममा रहेको विषयलाई लत्याएर कृषि बिकास बैंकले अवार्ड पाए पनि, सो अवार्ड लिन बैंकका सीइओ भने उपस्थित भएनन् । उनले उप्रेतीलाई काम दिलाईन भूमिका खेल्ने आफ्ना कर्मचारीलाई नै अवार्ड लिन पठाएका थिए ।
कृषि बिकास बैंकले अवार्ड पाएपछि केहि सहभागीहरुले, ‘अमनजीको टिओआर कम्प्लीट भएछ’ भनेर टिप्पणी गरेका थिए भने कार्यक्रमका होष्ट समेत कृषि बिकास बैंकलाई प्राइभेट सेक्टर बैंक भनेर अल्मलिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्