Skip to content
LAXMI SUNRISE BANK

सोमबार १६.५४ अंकले घट्यो नेप्से परिसूचक, बजार २६३२.९६ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५१ कम्पनीको ७६ लाख ९९ हजार २२७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. २ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा टक्सार पिखुवा खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK