Skip to content
LAXMI SUNRISE BANK

‘सेयर बजारमा १ प्रतिशत लगाउन खोजिएको होइन’- अर्थमन्त्री

अर्थ सरोकार

यता अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने सेयर बजारमा थप १ प्रतिशत कर लगाउन नखोजिएको स्पष्ट पारेका छन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन २०८३ मा गरिएको १ प्रतिशत शुल्कको व्यवस्था २५ लाख रुपैयाँ वा सो भन्दा बढीको सेयर हस्तान्तरण शुल्क भएको भन्दै सेयर बजारमा १ प्रतिशत कर थपको हल्ला गलत भएको अर्थमन्त्री वाग्लेले स्पष्ट पारेका छन् ।

त्यस्तै, सोही विषयमा प्रतिक्रिया दिँदै रास्वपा सांसद हरि ढकालले पनि कम्पनीमा सिधै नामसारी हुने निश्चित प्रकृतिका कारोबार (जस्तैः बकसपत्र, मृत्युपछिको नामसारी वा कम्पनीभित्र हुने ठूलो सेयर स्थानान्तरण) मा मात्र १ प्रतिशत शुल्क लाग्ने उल्लेख गरेका छन् । 

उनले पनि सेयर कारोबारमा थप १ प्रतिशत कर लाग्ने हल्ला गलत भएको भन्दै सेयर कारोबारमा ब्रोकर कमिसन, धितोपत्र बोर्ड शुल्क, निक्षेप सदस्य शुल्क र पुँजीगत लाभकरबाहेक थप कुनै शुल्क नलाग्ने पनि स्पष्ट पारेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK