काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्नेहरु बढेका छन् । अहिले दिनहुँजसो यसरी ठगीमा पर्नेहरु उजुरी लिएर प्रहरी कार्यालय पुग्ने गर्छन् ।
यसै पनि देशमा पर्याप्त रोजगारीका अवसर छैनन् । त्यही बाध्यताको फाइदा उठाएर अहिले वैदेशिक रोजगारीको नाममा ठगी धन्दा चलाउनेहरु सक्रिय छन् । अमेरिका, क्यानडा, युके, यूएई, जापान, कोरिया, रोमानिया, क्रोयशियाजस्ता देशमा पठाउने भन्दै ठगी गर्ने र ठगीमा पर्नेहरुको संख्या दिनहूँ बढ्दो छ ।
यहीबीच वैदेशिक रोजगारीका नाममा ठगीमा परेको भन्दै नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ बस्ने ५२ वर्षीय गोपाल बहादुर दमाई अर्थ सरोकारको सम्पर्कमा आए ।
गोपालका अनुसार उनीसहित करिब ८ जना यसरी ठगीमा परेका छन् । उनीहरुलाई ठग्ने व्यक्ति हुन् बाग्लुङ नगरपालिका-२ का २९ वर्षीय सबिक राई र जनकपुर नगरपालिका-४ का ३१ वर्षीय शिव प्रसाद पाल । तर, उक्त ठगीका ‘मास्टर माइन्ड’ भने चितवनका राजकुमार गुरुङ रहेको गोपालको दाबी छ ।
उनका अनुसार गुरुङले भनेकै आधारमा उनीहरुले कतार जानका लागि लाग्ने खर्च राई र पालको खातामा ट्रान्सफर गरिदिएका थिए ।

भिसासमेत आइसकेको र टिकट पनि आइहाल्ने भन्दै गुरुङसमूहले विश्वस्त पारेपछि पीडित (गोपालसहित)हरु काठमाडौँ पुगेका थिए । तर, ‘तिहारको मुखमा के विदेश जानुहुन्छ ? तिहारपछि पठाउँछु’ भनेपछि फर्किनुपरेको गोपाल बताउँछन् । तर, त्यसपछि अहिलेसम्म विदेश पनि नपठाएको र पैसा पनि फिर्ता नपाएको गोपालको गुनासो छ ।
‘विदेश उड्ने भन्दै हामी काठमाडौँ पुग्यौँ । तर तिहार मानेर जानुहोला भनेपछि हामी फर्कियौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै गोपालले भने, ‘अहिलेसम्म न विदेश जान पायौँ न त पैसा नै फिर्ता पायौँ ।’
तिहार सकिएको लामो समय बितिसक्दा पनि टिकट नपाएपछि उनीहरुले पुनः गुरुङसँग कुरा गरेका थिए । ‘हामीले कुरा गर्यौं तर भिसाको म्याद सकियो अब पैसा फिर्ता दिन्छु भने ।’, गोपालले भने ।
पैसा फिर्ता गर्छु भनेको लामो समय हुँदा पनि पैसा नपाएपछि र मान्छे नै सम्पर्कमा नआएपछि गोपालसहितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र वैदेशिक रोजगार विभागमा उजुरी दिए ।

यसो त विभागले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको कसुरमा संलग्न सबिक राई र शिव प्रसाद पालविरुद्ध २०८२ चैत १८ गते पक्राउ पुर्जीसमेत जारी गरेको छ । तर, हालसम्म न उनीहरु पक्राउ परेका छन् न त उनीहरु सम्पर्कमा छन् । बरु ऋणधन गरेर तिरेको पैसा पनि डुब्ने चिन्ताले साताएको गोपालले गुनासो गरेका छन् ।

यसो त गोपालले दिएको फोन नम्बरमा सम्पर्क गर्न खोज्दा सबिक राई, शिवप्रसाद पाल र राजकुमार गुरुङ कसैसँग पनि सम्पर्क हुन सकेन । पीडितको दाबी अनुसार गुरुङ कतारमा छन् । अन्य दुई जना नेपालमै रहेको आशंका छ । यसरी वैदेशिक रोजगारीको लोभ देखाएर आफूहरुको लाखौँ रकम ठगी भएपछि अहिले आर्थिक र मानसिक दुवै रुपले तनावमा परेको पीडितहरुको गुनासो छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्