Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारप्रति अर्थमन्त्रीको चासो, लगानीकर्ताको सम्पत्ति सुरक्षालाई ध्यान दिएर काम गर्न निर्देशन

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन् ।

अर्थमन्त्री वागलेले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिएका छन् । नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको अर्थमन्त्रीको भनाई छ ।

बोर्डको जिम्मेवारी नेपाल राष्ट्र बैंकको जत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले कानुन निर्माण र नियमनका क्रममा सबै सरोकारवालासँग परामर्श गरी साझा बुझाइका आधारमा अघि बढ्न आग्रह गरेका छन् ।

उनले लगानीकर्ताको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै बजारलाई अझ विश्वसनीय र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् ।

यता बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पुँजीबजार विकासको ‘ब्लु प्रिन्ट’ तयार गरी कार्यान्वयन सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार चालु आर्थिक वर्षको साउनभित्र प्राथमिक तथा दोस्रो बजारमा आइपिओ निष्कासन, इन्ट्रा–डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका तयार गरिनेछ भने सरोकारवालासँग परामर्शपछि ती व्यवस्था क्रमशः कार्यान्वयनमा ल्याइनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK