Skip to content
LAXMI SUNRISE BANK

दुई सरकारीसहित तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा

अर्थ सरोकार

काठमाडौं । दुई सरकारीसहित तीन बाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा परेका छन्।बैंक सुपरिवेक्षण विभागले आर्थिक बर्ष २०८२/८३ को चौथो त्रैमासमा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र सिइओलाई गरिएको कारवाही विवरण सार्वजनिक गरेको हो ।

कारवाहिमा पर्नेमा वाणिज्य बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र प्रभु बैंक छन् ।

राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ को व्यवस्था उल्लङ्घन गरी राष्ट्र बैंकको निर्देशन पालना नगरेको भन्दै सचेत गराइएको छ ।

त्यस्तै, कृषि विकास बैंकलाई बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ अनुसार निर्देशन पालना गर्न सचेत गराइएको छ।

यस्तै प्रभु बैंकलाई स्थलगत निरीक्षण प्रतिवेदनमा देखिएका गम्भीर कमजोरी समयमै सुधार नगरेको, कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र राष्ट्र बैंकका निर्देशन पटक–पटक उल्लङ्घन गरेको भन्दै सञ्चालक समितिलाई सुधार योजना तयार गरी लागू गर्न निर्देशन दिइएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK