Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको कारबाहीमा पर्यो नारायणी डेभलपमेन्ट बैंक

अर्थ सरोकार

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा परेको छ । कर्जा सीमाको उल्लंघन गरेको भन्दै बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो । 

समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा तोकिएको सर्तविपरीत आर्थिक वर्ष २०८१/८२ मा एक ग्राहक कर्जा सीमाको उल्लंघन गरी कर्जा प्रवाह गरेको पाइएपछि बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार नारायणी डेभलपमेन्ट बैंकलाई ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम कारबाही गरिएको छ ।

कारबाहीस्वरुप बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) विष्णु रेग्मीलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK