Skip to content
LAXMI SUNRISE BANK

सोमबार २६.२९ अंकले घट्यो नेप्से, ३ अर्ब ५५ करोडमाथिको सेयर कारोबार !

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५६ कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ५५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार ८.५% नेपाल इन्भेष्टमेण्ट डिबेन्चर २०८४को भएको छ । यस कम्पनीको ५३ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा स्नो रिभर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् भने थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK