Skip to content
LAXMI SUNRISE BANK

२४.५७ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ४० करोडमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५२ कम्पनीको ९५ लाख १९ हजार ४५२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार १०% केबिएल डिबेन्चर २०९०को भएको छ । यस कम्पनीको २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कालंगा हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK