काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग छलफल गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा पूँजी बजारको वर्तमान अवस्था, सुधारका आवश्यकता, नीतिगत व्यवस्था तथा समग्र अर्थतन्त्रसँग सम्बन्धित विषयमा छलफल भएको हो ।
छलफलमा सेयर बजारका लगानीकर्ता अम्बिका प्रसाद पौडेल, नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रिया राज रेग्मीलगायत सहभागी थिए ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लगानीकर्ता अम्बिका प्रसाद पौडेलले पुँजी बजारको विकास र विस्तारका लागि आवश्यक सुधारका विषयमा छलफल भएको जानकारी दिए ।
उनले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज तथा अर्थ मन्त्रालयसँग सम्बन्धित नीतिगत र कानुनी सुधारका विषयमा छलफल भएको बताए । प्रधानमन्त्री शाहले पुँजी बजारको विकास, विस्तार र लगानीकर्ताको मनोबल बढाउने विषयमा चासो देखाएको उनले बताएका छन् ।
‘पुँजी बजारमा गर्नुपर्ने सुधारका विषयमा हामीले छलफल गरेका छौँ । खासगरी नेपाल राष्ट्र बैंकले पुँजी बजारको विकास र विस्तारका लागि गर्नुपर्ने काम, नेपाल धितोपत्र बोर्डले गर्नुपर्ने सुधार, स्टक एक्सचेन्जसँग सम्बन्धित विषय तथा अर्थ मन्त्रालयले गर्नुपर्ने नीतिगत र कानुनी सुधारका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीज्यूले यी सबै विषयलाई गम्भीरतापूर्वक सुन्नुभयो ।’, उनले भने, ‘समग्र पूँजी बजारको विकास र विस्तारका लागि तथा लगानीकर्ताको मनोबल बढाउन प्रधानमन्त्री कार्यालयले पनि आवश्यक भूमिका निर्वाह गर्ने विश्वास दिलाउनुभएको छ ।’
पौडेलका अनुसार प्रधानमन्त्रीले पूँजी बजारलाई पूँजी परिचालनको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने र यसले रोजगारी सिर्जना तथा अर्थतन्त्रलाई सहयोग पुर्याउनुपर्ने धारणा राखेका थिए ।
छलफलमा पूँजी बजारमा देखिएका पछिल्ला घटनाभन्दा पनि बजारलाई दीर्घकालीन रूपमा कसरी स्वस्थ, पारदर्शी र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको पौडेलले बताए ।
छलफलमा लगानीकर्ताको घट्दो मनोबल सुधार गर्ने, बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्ने, संस्थागत लगानीकर्ताको भूमिका बढाउने, मार्जिन लेन्डिङको व्यवस्था सहज बनाउने, गैरआवासीय नेपाली (एनआरएन) को लगानी भित्र्याउने तथा स्टक एक्सचेन्जलाई प्रविधिमैत्री बनाउने विषयमा सुझाव दिइएको थियो ।
त्यस्तै, धितोपत्र बोर्डअन्तर्गत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रणाली सुधार, १० कित्ते आवेदन प्रणालीको पुनरावलोकन, बुक बिल्डिङ प्रक्रियालाई प्रभावकारी बनाउने, इन्ट्राडे कारोबार सञ्चालन गर्ने तथा नयाँ कारोबारका औजार विकास गर्ने विषयमा पनि छलफल भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्