काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पूँजी बजारको विकासका लागि कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै बोर्डले सेयर बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको हित संरक्षणका लागि कार्ययोजना सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको हो ।
बोर्डले आगामी सातासम्ममा समयबद्ध कार्ययोजना सहित विस्तृत रुपमा पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने र तत्कालै कार्यान्वयनमा लैजाने पनि जनाएको छ ।
त्यस्तै, बोर्डले सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया र नियमन व्यवस्थालाई व्यवस्थित गर्न विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली लगायत अन्य नियमावलीहरु तथा सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायत अन्य कानूनी व्यवस्थाहरुमा पुनरावलोकन गर्ने काम समेत सुरु भइसकेको जनाएको छ ।
हाल बोर्डले लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्व दिइरहेकाले कसैको हल्ला, बहकाउ तथा अफवाहमा नपरी आफ्नो अध्ययन, विश्लेषणमा आधारित रही जोखिम वहन क्षमता समेतलाई ध्यान दिएर लगानी सम्बन्धी निर्णय लिन आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्