काठमाडौँ । सिद्धार्थ बैंकले किर्ते गरेर आफूलाई फसाइएको भन्दै दिलिप सिंह ओली लगायतले पत्रकार सम्मेलन नै गरेपछि सिद्धार्थ बैंकले यस विषयमा विज्ञप्ति जारी गरेको छ । घटनाबारे बुझ्न मिडियाकर्मीहरुले पटक पटक फोन गर्दा पनि सूचना अधिकारीले फोन नउठाएको र मिडिया फेस गर्न नसकेको यो विषयमा चौतर्फी चर्चा भएपछि बैंकले विषयान्तर हुनेगरी विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा बैंकमाथि लागेको आरोपको प्रष्ट जवाफ दिइएको छैन । बरु, पत्रकार सम्मेलन गर्ने दिलिप ओली आफ्नो कर्जा र निक्षेप ग्राहक नभएको भन्दै घटनालाई विषयान्तर गर्न खोजिएको छ । जबकि ओलीले आफूलाई सिद्धार्थ बैंकका कर्मचारीले फसाएको दाबी गरेका छन् र स्वयम् बैंकले दिएको पत्रमा पनि ओलीको नाम उल्लेख गरिएको छ ।
ऋण उठाउने नाममा बैंकमा आफ्ना कर्मचारीहरुले गरेको बदमासी छोप्न बैंकले आफ्ना कर्मचारीमाथि नियोजित प्रहार भएको दाबी गरेको छ । जबकि बैंकले आन्तरिक रुपमा यो केसमा संलग्न भएको आरोप लागेका कर्मचारीहरुमाथि आन्तरिक छानविन सुरु गरिसकेको छ ।
‘सूचना अधिकारीले खण्डनमा हस्ताक्षरसमेत गर्न मानेनन्’
बैंकले यो विषयमा मिडिया फेस नगर्ने र सामान्य विज्ञप्ति मात्र जारी गर्ने रणनीति लिएको र बैंकका कर्मचारीको थुप्रै ठाउँमा बदमासी भएकाले आफु खण्डन पत्रमा हस्ताक्षर नगर्ने र मिडियाको फोन पनि नउठाउने भन्दै प्रशन्न खड्काले अडान लिएको बैंकका मार्केटिङ विभागका एक कर्मचारीले जानकारी दिए । यो केसले कुनै पनि रुप लिन सक्ने र भोलि अनुसन्धान भए आफ्नो धारणा पनि विवादमा पर्ने भन्दै बैंकका सूचना अधिकारी प्रशन्न श्रेष्ठले फोन पनि नउठाउने र विज्ञप्तिमा हस्ताक्षर पनि नगर्ने अडान लिएका हुन् ।
जबकि बैंकले जारी गर्ने यस्तो विषयमा बैंकको आधिकारिक व्यक्तिको हस्ताक्षर र छाप हुने गर्छ । तर बैंकले मार्केटिङ विभागकी एक कनिष्ट कर्मचारीको नाममा इमेल पठाउन लगाएर हस्ताक्षर र छाप विनाको विज्ञप्ति पठाएको छ । ‘अहिले विज्ञप्ति जारी गरे जस्तो गर्ने, भोलि अफ्ट्यारो परे, तल पिंकी कुमारी नामधारी कर्मचारीले विना सहमति विज्ञप्ति पठाएको हो भन्ने योजना छ ।’ मार्केटिङ विभागका एक अधिकारीले अर्थ सरोकारसँग भने, ’भोलि कानुनी प्रक्रिया अगाडी बढे त इमेलमा थर नै नखुलाइएको पिंकी कुमारी नाम नै हाम्रो कर्मचारी होइन भन्न पनि मिल्यो । तर प्रशन्न सरले भने यस्तो विज्ञप्तिमा मलाई नफसाउनु भनेर हस्ताक्षर गर्न मान्नुभएन’
प्रकरण के हो भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्