Skip to content
LAXMI SUNRISE BANK

नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो, कतिले गर्छन् दोस्रो बजारमा सक्रिय कारोबार ?

अर्थ सरोकार

काठमाडौँ । नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को विवरण अनुसार साउन १० गतेसम्म डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९ हजार ६ सय २३ पुगेको हो । यो नेपालको कुल जनसंख्याको एक चाथाई हिस्सा हो ।

डिम्याट खाता प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिन र दोस्रो बजारमा सेयर किनबेच गर्न अनिवार्य चाहिन्छ ।

हालसम्म खुलेका कुल डिम्याट खातामध्ये ५ देखि ६ लाखा खाता दोहोरिएका छन् । अधिकांश खाता आईपीओ भर्न मात्र प्रयोग हुने गरेका छन् भने करिब २० देखि ३० लाख खाता सेयरबिहीन छन् ।

यता सोही अवधिमा ‘मेरो सेयर’ एप प्रयोगकर्ताको संख्या भने ७० लाख ९६ हजार ८३ पुगेको छ । त्यसमध्ये ५१ लाख ४८ हजार ८ सय ९३ मात्र सक्रिय प्रयोगकर्ता छन् ।

त्यस्तै, नेपालमा दोस्रो बजारमा कारोबार गर्नका लागि ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस) खाता खोल्नेको संख्या करिब ४७ लाख छ । तीमध्ये पनि करिब ४ लाख मात्र सक्रिय रहेको सीडीएससी स्रोतले बताएको छ । यसो त विगतको तुलनामा सेयर बजारमा सहभागी र सक्रिय लगानीकर्ताको संख्या बढेको छ । तर, अपेक्षित नीतिको अभाव र प्रभावकारी नियमन तथा निगरानीको अभावले सेयर बजार कमजोर स्थितिमा पुगेको छ ।

यद्यपि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सेयर लगानीकर्तासँग केही दिनअघि गरेको भेटवार्ता र धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले व्यक्त गरेका प्रतिबद्धताले सेयर बजार बढ्नेमा लगानीकर्ता आशावादी छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK