काठमाडौँ । जीवन बीमा कम्पनीहरुले एक आर्थिक वर्षमै कर्मचारीको तलब भत्तामा ७ अर्ब बढी रकम खर्च गरेका छन् । हाल नेपालमा रहेका १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२/८३ मा मात्र ७ अर्ब २९ लाख रुपैयाँ कर्मचारीको तलब भत्तामा खर्च गरेका हुन् ।
यसअघि अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको यस्तो खर्च ६ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ थियो । जुन गत आर्थिक वर्षको तुलनामा ५.०५ प्रतिशत कम हो ।
गत आर्थिक वर्षमा कर्मचारीको तलब भत्तामा सबैभन्दा धेरै खर्च हिमालयन लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले कर्मचारीको तलब भत्तामा मात्र ९० करोड २७ लाख रुपैयाँ खर्च गरेको छ ।
त्यस्तै, कर्मचारीको तलब भत्तामा दोस्रो धेरै खर्च नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा कर्मचारीको तलब भत्तामा कुल ८३ करोड ९८ लाख रुपैयाँ खर्च गरेको छ भने तेस्रोमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ६८ करोड ५५ लाख रुपैयाँ खर्च गरेको छ ।
यता कर्मचारीको तलब भत्तामा नेशनल लाइफ इन्स्योरेन्सले ५४ करोड ६३ लाख रुपैयाँ, सानिमा रिलायन्स इन्स्योरेन्सले ४९ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ४७ अर्ब १३ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ४७ करोड २ लाख आईएमई लाइफ इन्स्योरेन्सले ४५ करोड ६५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ४४ करोड ५ लाख रुपैयाँ, सन नेपाल लाइफले ३९ करोड ४६ लाख रुपैयाँ, मेट लाइफले ३८ करोड ४२ लाख रुपैयाँ, एसियन लाइफले ३७ करोड ८९ लाख रुपैयाँ, सिटिजन्स लाइफले ३६ करोड ९८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले कर्मचारीको तलबभत्तामा १६ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्