काठमाडौं । धनुषा डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन प्रक्रियालाई अगाडि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।
यस सम्बन्धमा आयोजित एक औपचारिक कार्यक्रममा धनुषा डिस्टिलरीका अध्यक्ष किशन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले भविष्यमा जारी पूँजीको २० प्रतिशत साधारण सेयर (आईपीओ) सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको जनाएको छ ।
सन् १९९८ मा स्थापना भएको धनुषा डिस्टिलरीले उद्योग विभागबाट उत्पादन तथा बजारीकरणको अनुमति प्राप्त गरी गुणस्तरीय मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको छ ।
हाल कम्पनीले मुख्य रूपमा ‘मुस्ताङ गोल्ड ह्विस्की’ र ‘मुस्ताङ भोड्का’ ब्रान्डका मदिरा उत्पादन तथा बजार वितरण गर्दै आएको छ । आगामी दिनमा थप नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले उत्पादनको गुणस्तर कायम राख्दै उत्पादन विविधीकरण र विस्तारमा जोड दिने तथा नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने लक्ष्य लिएको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्