Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ७.१७ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६२९.४० बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४५ कम्पनीको ९५ लाख ७६६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार अग्रिकल्चर बोण्ड (९ वर्ष) को भएको छ । यस कम्पनीको ५० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा माउन्ट एभरेस्ट पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK