Skip to content
LAXMI SUNRISE BANK

टुच्च बढ्यो नेप्से, बजार २६४१.८५ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ०.७९ अंकले बढेर २६४१.८५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४० कम्पनीको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ११ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK