Skip to content
LAXMI SUNRISE BANK

पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवको सम्पत्ति अनुसन्धान सुरु !

अर्थ सरोकार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भानु देउवा र गंगा दाहालको सम्पत्ति अनुसन्धान सुरु गरेको छ । भानु देउवा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र गंगा दाहाल पुष्पकमल दाहाल (प्रचण्ड) का स्वकीय सचिव हुन् । 

भानु र दाहालविरुद्ध आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको अख्तियार स्रोतले जनाएको छ । 

स्रोतका अनुसार अनुसन्धानका लागि भानुसँग सम्पत्तिको विस्तृत अनुसन्धानका लागि फारम भराइसकिएको छ । यता दाहालसँगै उनका पति (कोशी प्रदेश सरकारका पूर्वमन्त्री) जीवन आचार्यको पनि सम्पत्ति अनुसन्धान भइरहेको छ । 

अख्तियारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्ति अनुसन्धान यसअघि नै सुरु गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK