Skip to content
LAXMI SUNRISE BANK

स्मार्ट टेलिकम प्रकरणः २२ विरुद्ध मुद्दा दायर, ९६ अर्ब बिगो माग

अर्थ सरोकार

काठमाडौँ । स्मार्ट टेलिकम प्रकरणमा २२ जनाविरुद्ध मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध ठगी, संगठित अपराध र बैंकिङ कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो ।

उक्त मुद्दामा सर्वेन्द्र जेशी, नरेन्द्र उलक, पालिका श्रेष्ठ, ज्योतिप्रकाश पाण्डे, भास्कर नरसिंह जोशी, पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाल, दिपाङ्कर शाक्य, शालिकराम बेल्बासे, शोभा श्रेष्ठ, खुमनाथ अधिकारी, सतीशलाल आचार्य, सचिनलाल आचार्य, भावनासिंह श्रेष्ठ, भूपेन्द्र भण्डारी, निरज श्रेष्ठ, वर्षा अधिकारी पोखरेल लगायतलाई प्रतिवादी बनाइएको छ ।

बैंकरसहित २२ जनाविरुद्ध दायर गरिएको उक्त मुद्दामा ९६ अर्ब १२ करोड १७ लाख २० हजार ४२२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

राज्यको स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी पुर्याएको प्रकरणमा अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत शुक्रबार सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो । सोही फाइलका आधारमा अदालतमा मुद्दा दायर गरिएको हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK