Skip to content
LAXMI SUNRISE BANK

एशियाली सेयर बजारमा हरियाली, नेपालको बजार कहिले बढ्ला ?

अर्थ सरोकार

काठमाडौँ । एशियाली सेयर बजारमा हरियाली देखिन थालेको छ । अमेरिकाको फितलो रोजगारी प्रतिवेदनले तत्काल ब्यादजर बढ्ने जोखिम घटाएपछि एशियाली सेयर बजारमा हरियाली देखिको हो । 

योसँगै सोमबार मात्र जापानको निक्केई ०.६ प्रतिशत र दक्षिण कोरियाको सेयर सूचकांक ०.५ प्रतिशतले बढेका छन् । 

सोमबार एशियाली सेयर बजारका उकालो लागेका छन् । यद्यपि खाडी क्षेत्रको शान्ति वार्तामा प्रगति नहुँदा कच्चा तेलको मूल्य भने बढेको छ । हाल ब्रेन्ट क्रुड ०.९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४.३२ डलर पुगेको भने अमेरिकी क्रुड ०.७ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ७८.७४ डलर पुगेको छ ।

यता एशियाली सेयर बजारमा हरियाली देखिइरहेको बेला नेपालको सेयर बजारमा पनि छिट्टै हरियाली देख्न पाइने विश्लेषकहरुको दाबी छ । अर्थतन्त्र सहजतातर्फ उन्मुख हुँदै गएको, सस्तो ब्याजदर र नीतिगत रुपमा भइरहेका पहलले सेयर बजारलाई बढ्न प्रोत्साहन गरिरहेको दाबी गर्दै सेयर विश्लेषकहरुले छिट्टै नेपाली सेयर बजारमा पनि हरियाली देख्न पाइने दाबी गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK