Skip to content
LAXMI SUNRISE BANK

आरम्भ चौतारी लघुवित्तमा मनपरीः बिदाको दिन पनि काम गर्न दबाब, कर्मचारी भन्छन्- ‘टर्चर सहनै गाह्रो भइसक्यो’

अर्थ सरोकार

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले बिदाको दिन पनि कर्मचारीलाई काममा लगाएको पाइएको छ । ह्वाट्सएपमार्फत ठाडो निर्देशन दिँदै संस्थाले कर्मचारीलाई बिदाको दिन पनि काममा लगाएको पाइएको हो ।

शनिबार र आइतबार नियमित बिदा परे पनि संस्थाले कर्मचारीलाई आइतबार पनि काममा लगाउने गरेको एक कर्मचारीले गुनासो गरेका छन् । 

‘शनिबार र आइतबार त नियमित बिदा हो नि । तर, माथिबाट आइतबार पनि अफिस खोल्नु भनेर ह्वाट्सएपमा निर्देशन आउँछ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती कर्मचारीले भने, ‘बिदाको दिन काम गराए पनि भत्ता दिए हुन्थ्यो । त्यो पनि पाइँदैन ।’

यतिसम्म कि बिदाको दिन कार्यालय नखोले अनावश्यक रुपमा कर्मचारीलाई ‘टर्चर’ दिने र सरुवा गर्ने गरेको पनि ती कर्मचारीको गुनासो छ ।

‘आइतबार मात्र होइन, अन्य सार्वजनिक बिदाको दिन पनि कार्यालय खोल्नु भन्छन् ।’, उनले भने, ‘कार्यालय नखोले भोलिपल्टैदेखि टर्चर दिन सुरु गर्छन् । बिना कारण सरुवा गरिदिन्छन् । आफ्नो कुरा राख्नै पाइँदैन ।’ 

यसो त यसअघि संस्थाको उक्त मनपरीविरुद्ध केही कर्मचारीले आवाज उठाएका थिए । तर, उनीहरुलाई विभिन्न कारण देखाएर संस्थाले कारवाही गरेको कर्मचारीले बताएका छन् ।

अर्कोतर्फ संस्थाको एचआर डिपार्टमेन्टबाट कार्यालय खोल्नु भनेर म्यासेज पठाउने र सो म्यासेज केही समयमै डिलिट हुने गरेको पनि ती कर्मचारीले बताएका छन् । यसरी म्यासेज नै डिलिट भएपछि कसैले आवाज उठाए वा प्रश्न उठे कार्यालयका कर्मचारी आफैँले शाखा खोलेको हुन् भन्ने गरेको पनि ती कर्मचारीको आरोप छ । ‘कार्यालय खोल्नु भनेर म्यासेज आउँछ । केहीबेरमै डिलिट हुन्छ ।’, उनले भने, ‘कसैले आवाज उठाए, कर्मचारी आफैँले शाखा खोलेका हुन् भनिदिन्छन् ।

यता हामीले सो विषयमा बुझ्न संस्थाका सूचना अधिकारी मनरुपा पौडेललाई सम्पर्क गर्ने प्रयास गर्यौं । तर, झण्डै एक दर्जन पटक फोन गर्दा पनि उनको फोन उठेन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK