Skip to content
LAXMI SUNRISE BANK

धेरैपछिको ‘मर्जर माहोल’: जानकी र सिन्धुलाई प्राप्ति गरेर वाणिज्य बैंक बन्दै मुक्तिनाथ, नाम मुक्तिनाथ बैंक, सिइओ मानन्धर नै !

अर्थ सरोकार

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स कम्पनीलाई प्राप्ति (एक्विजिसन) गर्ने सहमति भएसँगै नेपाली बैंकिङ क्षेत्रमा मर्जरको माहोल बनेको छ । नेपाली बैंकिङमा ‘मर्जरको माहोल’ धेरैपछि बनेको हो ।

मुक्तिनाथ विकास बैंकले सिन्धु र जानकीलाई प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर समेत गरिसकेको छ । 

योसँगै यी कम्पनीहरुका आधारभूत सेयरधनीहरुको सेयर कारोबारसमेत रोक्का गरिएको छ । दुई कम्पनीलाई एकैपटक प्राप्ति गरेर विकास बैंकबाट वाणिज्य बैंक बन्न लागेको नयाँ बैंकको नाम मुक्तिनाथ बैंक हुनेछ । 

बैंकको सिइओ भने मुक्तिनाथ विकास बैंककै सिइओ तारा मानन्धर हुने सहमति भएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि एकीकृत कारोबार सुरु हुनेछ ।

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK