काठमाडौँ । सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको सांकेतिक विरोध गर्दै विद्यार्थीहरूले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस गेटमै खाना पकाएका छन् । अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीले क्याम्पसको गेटमै खाना पकाएर सांकेतिक विरोध गरेका हुन् ।
उनीहरुले क्याम्पसको गेटमा चुल्हो बनाएर दाउरामा भात र गुन्द्रुक आलु पकाएका थिए । दाउरामा पकाएको खाना विद्यार्थीले गेट बाहिरै बसेर खाएका थिए ।
बजारमा ग्यासको अभावले जनजीवन प्रभावित भएपछि कतिपय विद्यार्थी पढाइ छोडेर लाइनमा बस्न थालेका छन् । कतिको डेरामा खाना पाक्न छोडेको छ । कतिपय विद्यार्थीले आफूहरू चाउचाउ-बिस्कुटको भरमा बाँच्नुपरेको गुनासो गरिरहेका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्