Skip to content
LAXMI SUNRISE BANK

हप्ताको दुई दिन बिदा दिनुपर्ने माग गर्दै भारतमा बैंकिङ हड्ताल हुँदै, बैंकका लाखौँ कर्मचारी ३ दिन सडकमा उत्रिने !

अर्थ सरोकार

काठमाडौँ । भारतमा बैंकका कर्मचारीहरु हड्तालमा उत्रिने भएका छन् । सातामा दुई दिन बिदा दिनुपर्ने माग गर्दै बैंकका कर्मचारीहरु हड्तालमा उत्रिन लागेका हुन् । 

युनाइटेड फोरम अफ बैंक युनियन्सको आह्वानमा सेप्टेम्बर २८ देखि ३० सम्म (३ दिन) हड्ताल गरिने बताइएको छ । 

अर्कोतर्फ सेप्टेम्बर २६ मा चौथो शनिबार र २७ आइतबार परेकाले बैंकिङ सेवा लगातार ५ दिन अवरुद्ध हुनेछ । हड्तालका कारण सो अवधिभर १५ हजारदेखि २० हजार करोड भारतीय रुपैयाँसम्मका चेक भुक्तानी प्रभावित हुने अनुमान गरिएको छ । 

तर, भारत सरकारले भने अत्यावश्यक बैंकिङ सेवा सञ्चालनका लागि आइतबार पनि सरकारी बैंकका शाखा सञ्चालन गर्ने तयारी गरेको छ । 

उक्त बैंक हड्तालमा बैंकका लाखौँ कर्मचारीहरु सहभागी हुने बताइएको छ । तर, निजी क्षेत्रका केही ठूला बैंकले भने हड्तालमा सहभागी नजनाउने भएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK