Skip to content
LAXMI SUNRISE BANK

कार्यकाल सम्हालेदेखि ३७२ पटक सिस्टम बिग्रिएको ‘अपजश’ बोकेर इसेवाबाट बाहिरिए जगदिश खड्का !

अर्थ सरोकार

काठमाडौँ । इसेवाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) जगदिश खड्का इसेवाबाट बाहिरिएका छन् । इसेवाले नयाँ सिइओमा निरज शर्मालाई नियुक्त गरेसँगै खड्का इसेवाबाट बाहिरिएका हुन् ।

पूरा कार्यकाल सिइओका रुपमा काम गरे पनि खड्काको बहिर्गमन सुखद् भने रहेन । 

२०७९ असोज १२ गते इसेवाको सिइओ नियुक्त भएका खड्काको कार्यकालमा इसेवा बिग्रिरह्यो । प्रायः दिनहुँ बिग्रिरहने इसेवा खड्काको कार्यकालमा कुल ३ सय ७२ पटक बिग्रियो । तर, इसेवा सुध्रिएन ।

खड्काकै कार्यकालमा इसेवामा गज्जब काम गरिरहेका आईटीका थुप्रै कर्मचारीले जागिर छोडे । अर्कोतर्फ इसेवाको संस्थागत सुशासन पनि खड्काकै कार्यकालमा खस्किएको स्वयम् संस्थाका कर्मचारीहरु बताउँछन् । 

केही समयअघि इसेवासहित डिजिटल वालेटहरुमा नेपाल राष्ट्र बैंकले गरेको ‘स्पेशल इन्सपेक्सन’ले पनि इसेवामा थुप्रै कैफियतहरु फेला पारेको थियो । 

यता खड्काकै कार्यकालमा सेवाग्राहीमाझ इसेवाको छवि नराम्रोसँग बिग्रिएको थियो । इसेवाको झुर सेवाकै कारण लाखौँ इसेवा प्रयोगकर्ता इसेवाका सिफ्ट भएको स्वयम् इसेवाका कर्मचारीहरुले बताएका छन् । तर, पनि इसेवा नसुध्रिएपछि अन्ततः खड्कालाई सिइओमा नदोहोराउने निर्णय गर्दै इसेवाको सञ्चालक समितिले नयाँ सिइओमा निरज शर्मालाई नियुक्त गरेको छ ।

यता अरु बेलाजस्तै यो समाचार तयार गर्दा समेत खड्काको धारणा लिन खोज्दा उनी सम्पर्कमै आएनन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK