काठमाडौँ । मुक्तिनाथ क्यापिटलले लगानीकर्ता झुक्याएर ठगी गरिरहेको पाइएको छ । म्युचअल फण्डको इकाईलाई साधारण सेयर भन्दै क्यापिटलले लगानीकर्ता झुक्याएर ठगी गरेको पाइएको हो ।
कम्पनीले गत असोज १ गतेदेखि ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ जारी गरेको थियो । तर, उक्त म्युचुअल फण्डलाई कम्पनीले साधारण सेयर भन्दै लगानीकर्ता झुक्याएको थियो ।
मेरो सेयरबाट आवेदन दिँदा उक्त म्युचअल फण्ड २ लेखिएको ठिक मुनिपट्टि साधारण सेयर लेखिएको थियो । जसले गर्दा सयौँ लगानीकर्ताले उक्त म्युचुअल फण्डलाई साधारण सेयर सोचेरै खरिद गरेका छन् ।
यसो त पछिल्लो समय म्युचुअल फण्डहरुमा लगानीकर्ताको चासो घट्दै गइरहेको छ । यही कारण फण्ड नबिक्ने देखेपछि कम्पनीले म्युचुअल फण्डलाई समेत साधार सेयर भन्दै फण्ड संकलन गर्न खोजेको आरोप जानकारहरुको छ ।
यता कम्पनीले भने सिडिएससीले नै उक्त कोड दिएको प्रष्टिकरण दिएको छ । यद्यपि हाल भने कम्पनीले उक्त कोड सच्याएको छ । तर, लगानीकर्ताले भने कम्पनीले आफूहरुलाई झुक्याएर पैसा उठाएको आरोप लगाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्