काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा गएको बाढीबाट अटोमोबाइल क्षेत्रमा भएको क्षतिबारे भन्सार विभागसँग छलफल गरेको छ ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले २०८३ असोज ७ गते भन्सार विभागका महानिर्देशक यमलाल भुषालसँग भेट गरी बाढीबाट भएको क्षति र प्रभावित व्यवसायीलाई राहत तथा सहुलियत उपलब्ध गराउने विषयमा छलफल गरेको हो ।
छलफलका क्रममा अध्यक्ष उप्रेतीले २०८३ भदौ १० गते रसुवा, टिमुरेलगायतका क्षेत्रमा गएको भीषण बाढीका कारण दसैंको सिजनलाई लक्षित गरी चीनबाट आयात गरिएका सयौं सवारीसाधन प्रभावित भएको जानकारी गराए । उनले रसुवा नाकाबाट बाढीले ठूलो संख्यामा सवारीसाधन बगाएको भन्दै पीडित पैठारीकर्तालाई सरकारले उपलब्ध गराउने राहत तथा सहुलियतको प्रक्रिया छिटो अघि बढाउन आग्रह गरे ।
त्यस्तै, नाडाका महासचिव मिलनबाबु मल्लले चीनतर्फको सीमा भन्सार नखुलेका कारण सीमा क्षेत्रमा ५०० भन्दा बढी सवारीसाधन रोकिएको जानकारी गराउँदै त्यसको सहजीकरणका लागि पहल गर्न आग्रह गरे। उनले हालसम्म ११ सिटे विद्युतीय माइक्रोबससमेत छुट्न नसकेको भन्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न अनुरोध गरे ।
जवाफमा भन्सार विभागका महानिर्देशक यमलाल भुषालले बाढीबाट प्रभावित व्यवसायीलाई सरकारले उपलब्ध गराउने सुविधा तथा सहुलियतबारे गृहकार्य भइरहेको जानकारी दिए। उनका अनुसार प्रभावित व्यवसायीका लागि राहत तथा सहुलियत दिने मोडालिटीबारे अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयबीच छलफल भइरहेको छ ।
भेटघाटमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति र विक्रम सिंघानिया तथा सचिव मेघराज पौडेलको समेत उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्