Skip to content
LAXMI SUNRISE BANK

सोमबार १८.०७ अंकले बढ्यो नेप्से परिसूचक, बजार २५६०.८४ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५२ कम्पनीको ९२ लाख ९८ हजार ९४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब ८३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङ्ग मिल्सको भएको छ । यस कम्पनीको २५ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनी सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, इमर्जिङ्ग नेपाल लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयरमा नेगेटिभ सर्किट लागेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK