Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ९.२४ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४१ कम्पनीको ७६ लाख १३ हजार ६८१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. २ अर्ब ९० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोपावरको भएको छ । यस कम्पनीको १३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।  यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK