Skip to content
LAXMI SUNRISE BANK

बुधबार १५.४४ अंकले बढ्यो नेप्से परिसूचक, बजार २५३८.११ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५४ कम्पनीको ७२ लाख ६८ हजार २०२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. २ अर्ब ९४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको १४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ११ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, एनएमबि इनर्जी बोण्ड ४ % २०९३/९४का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK