काठमाडौँ । विदेशी पर्यटकले नेपालमा गर्ने खर्च भन्दा नेपालीले विदेशमा गर्ने खर्च ३ गुणा धेरै भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको बाह्य क्षेत्र सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा नेपालको भ्रमण आय ५ अर्ब ४४ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको भ्रमण आय ५ अर्ब ४१ करोड रुपैयाँ थियो । जुन चालु आर्थिक वर्षको तुलनामा ०.४ प्रतिशत कम हो ।
यता नेपालीले सोही अवधिमा विदेश भ्रमणमा १५ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका छन् । गत वर्ष यस्तो खर्च (भ्रमण व्यय) २१ अर्ब ७० करोड रुपैयाँ थियो ।
विदेशमा भ्रमणमा हुने खर्चमा आएको गिरावटले विदेशी मुद्रा बहिर्गमन नियन्त्रणमा सहयोग पुगेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार विदेश भ्रमण खर्चको ठूलो हिस्सा शिक्षामा खर्च हुने गरेको छ । साउनमा मात्र विदेश अध्ययनका लागि नेपालीले १० अर्ब ८० करोड रुपैयाँ खर्च गरेका छन् । गतवर्ष यस्तो खर्च १४ अर्ब ३१ करोड रुपैयाँ थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्